बनेपा । नेकपा एमालेबाट बनेपा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका मेयर पदका उम्मेदवार रत्नकुश रञ्जितकारले अब बनेपाबाट परिवारवाद र सामन्ती शासन सधैका लाथि अन्त्य गरिने बताउनुभएको छ ।

इतिहासदेखि जनतालाई झुकाएर शासन गर्नेहरु जनता झुक्याउन लागि परेको भन्दै उहाँले सबैले सचेत हुनु पर्ने बताउनुभयो । आफ्नो र परिवारको स्वार्थमा राजनीतिलाई दुरुपयोग गर्नेहरू फेरी पनि सलबलाइरहेको बताउँदै उहाँले अब सचेत बेनेपालीले स्वार्थका लागि राजनीतिक बेमानी र गठ जोड गर्नेहरूलाई पछार्ने बेला आएका बताउनुभयो ।

बनेपामा सामन्तीहरु गणतन्त्रको यो समयमा पनि उच्च जातिय अहांकारको राजनीतिमा व्यस्थ भएको बताउँदै उहाँले गरिब, श्रमजिवी जनताको समृद्घिको सपना पुरा गर्न नेकपा एमालेले जित्न आवश्यक भएको बताउनुभयो । ‘परिवार पोस्न केही तत्वहरु सल्बलाइरहेका छन्, हामी सिंगो बनेपाको सवृद्घिका लागि हिडिरहेका छौ, गलत र सही जनताले छुट्याउनुहुनेछ, एमालेको विजयले बनेपाबाट सामन्तीहरुको राजनीति सधैको लागि अन्त्य गरिदिनेछ ।’ उहाँको भनाई थियो । उहाँले आफु मजदुर र गरिखाने वर्गको प्रतिनीधि भएको बताउँदै श्रमजिवि जनताको हक हितका लागि सधै लागि पर्ने बताउनुभयो । उहाँले बनेपाका सामन्तबादीहरुको अब चेन ब्रेक गरिने बताउनुभयो ।

बनेपाका समान्तहरुलाई उहाँले अब राजनीतिमा हैन पेशा व्यवसाय गरेर बस्न सुझाव दिनुभयो । पटक पटक बनेपालीहरुलाई झुक्याएर सत्तामा पुगेकाहरु फेरी पनि टिकट नपाएपछि भाइ भतिजा बेकेर हिडेको भन्दै उहाँले उनीहरुलाई अब सुतेर बस्न र बेक्कारको पैसा खर्च नगर्न चुनौती दिनुभयो ।

बनेपामा आफुले ४२ मतको अन्तरले निर्वाचन जित्ने ठोकुवा गर्दै उहाँले आफु निर्वाचित भएमा पाँच बर्षमा बनेपाको विकास र सवृद्घिमा कायापलट गरिने बताउनुभयो । रञ्जितकारहरु भनेका जन्मजात नै मजदुर भएको बताउँदै उहाँले आफुहरुको धाँको काटेर श्रम गर्ने श्रमजिवीको प्रतिनीधि भएको बताउनुभयो । उहाँले भाग्यले साथ दिएर आफु सफल व्यवसायी भएको बताउँदै निर्वाचित भए पाँचवर्ष बनेपालीहरुको सेवामा आफ्नो सबै समय खर्चिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.