काभ्रेपललाञ्चोक– गुल्मी तम्घासमा जन्मनुभएको आशा केसि आज भोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै देखि गित गाउन रुचाउने केसि गीत सगितमै केही गर्छु भनेर २०७२ साल पछि राजधानी आएको जानकारी दिनु भयो । करिब एक दर्जन गित बजारमा आएका छन् खिस्स हास्ने छोरो, शुभ दशै, मर्ने भैयो जाडोले, नाच माया क्यारम ओइ लगायतका गित अहिले बजारमा छन् । लाइभ दोहोरी गित प्रतियोगितामा पनि सहभागी हुनको साथै धेरै ठाँउमा जित हाँसिल गरेको बताउनु भयो ।
गित संगीत नासा नासामा बगेको हुनाले सबै खालको गीतहरु गाउन र सुन्न रुचाउने बताउनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले आशा केसिसँग गरेको रमाइलो कुराकानी ;

 

० आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
नयाँ नयाँ गित संगित बजारमा आइरहेका छन् । आजभोलि म बिशेष गरी गित संगित मै रमाउदै छु ।

० गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
मालाई गित संगित प्रति निकै रुचि थियो । अरुले गायको देखेर मलाई पनि गाउन मन लाग्थो । तर पहिला यो सबै सम्भव भएन । गित रेकर्ड गर्ने अवस्था पहिला नभए पनि स्कुल जीवन देखिनै गाउने गरेको थिए । यसै यात्रालाई निरन्तरता दिदै राजधानी प्रवेश गरेकी हँ ।

 

० पहिलेको गीत संगीत र अहिलेको गीत संगीतमा तपाईं के फरक देख्नु हुन्छ धेरै बिकृती आएको होइन अहिले गीत संगीतमा ?
फरक पक्कै छ । पहिलेका गीत संगीतहरु मौलिक टिपिकल र काल्पनिक नै भएपनि बास्तबिकता झल्किने हुन्थे अहिले अलि छाडापन देखासिकी र ब्यावसाहिक बनेको जस्तो लाग्छ ।

०तपाई धेरै जसो दुख पिडाका गीत बढी गाउनु हुन्छ किन ?
सबैको जीवन भोगाई फरक फरक नै हुन्छ जस्तो लाग्छ जिउने क्रममा मैले पनि दुख पिडा संग धेरै पटक सम्झौता गरेको छु । त्यसैले सिरियस गीतहरु धेरै मन पर्छ । गित गाउन त सबै खाले गित गाउने गरेको छु ।

० कलाकारिता क्षेत्रमा किन एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्न जान्दैनन ?
हुनत जवाना प्रतिस्पर्धाको छ । यहाँ कसैले कसैको मत्लब गदैन् मलाई लाग्छ जसले गीत संगीतमै जीवन समर्पित गर्छु भनेर लाग्नु भएको छ उहाँहरुले कहिले घमण्ड गर्नु हुन्न र कसैको अपमान पनि, घमण्ड र अहंकारको उनिहरुमा हुन्छ जसले गित संगीतको अर्थ थाहा हुदैन ।

० तपाईंले गाउनु भएको सबैभन्दा चर्चित गीत कुन हो ? किन त्यो गीत दर्सक स्रोताको मन मुटुमा बस्न सफल भयो ?
मैले गाएको गीतहरु मध्ये खिस्स हास्ने छोरो तीज गीत धेरै दर्सक स्रोताहरुले रुचाइदिनु भएको थियो । मौलिक टिपिकल र अलिक फरक धारणा बोकेको चेलिको कथा बोलेको गीत छ । त्यसैले पनि होला धेरैले रुचाइदिनु भएको थियो ।

०अहिले सम्म कति गीत गाउनु भयो?
मैले खासै गन्ने गरेको त छैन । त्यस्तै एक दर्जन पुग्यो होला ।

० कस्तो खालको गीत बढी गाउनु हुन्छ?
मन त सबै खाले गीत सुन्न मन पराउछु । दोहोरी बिधाको गीत गाउने हुनाले दोहोरी र मेरो आफ्नै भेगिए गीत जस्तै दोहोरी रोइला सालैजो जस्ता गीतहरु गाएको छु ।

० गायन बाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
मानव जीवन हो पुर्ण रुपमा कोही पनि कुनै कुरामा सन्तुष्ट हुदैन । गित संगित लाई निरन्तरता दिरहेको छु । अझ धेरै कुरा सिक्न र गर्न बाँकी छ । जे छु खुशि नै छु ।

० गायन बाट बाच्न सकिन्छ त ?
गीत संगीत अहिलेको बजार हेर्दा बाच्न र टिक्न त्यती सहज त छैन । तर निरन्तरता दिरहेको छु । आगामी दिनमा पनि संघर्षका पाइलाहरु पछि हटाउने छैन आशा छ । पक्कै बाच्न सकिने छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नु भयो ?
सानै देखि गाउथे अग्रज गायक गायिका ज्यु हरुको गीत सुन्दा र गाउदा झन मनमा आट र रहर बढेर आउथ्यो बिशेष गरी उहाँहरुले गरेर नै अहिले यहाँ सम्म छु । जे होस परिवार बाट पनि उति कै सहयोग र हौसला पाकी छु ।

० कस्तो गायिका बन्न मन पर्छ ?
हुन त आफ्नो आफ्नो सोचाइको कुरा हो मलाई चार्चित र क्षेणिक भन्दा पनि सदाबाहार बन्न मन छ ।

० लोक गीत कस्तो होस जस्तो लाग्छ ?
मौलिक टिपिकल र काल्पनिक नै भएपनी बास्तबिकता झल्किने खालको भयो भने धेरै राम्रो हुन्छ । जस बाट गित संगितको उचाई नै फरक हुन्छ ।

० बिवाह गर्नु भएको छ ?
छैन ।

०पछिको योजना के बनाउनु भएको छ ?
भर्खरै पाइला चाल्दै छु । आशा राखेको छु गीत संगीतको लागि केही गर्छु भनेर ।

० पर्व बिशेष गीत ठिक कि अरु ?
हुन त पर्व विशेष गीहरु पनि राम्रो लाग्छ । ती गीतहरुले हामिलाई चाडपर्वको रौनक थपेका हुन्छ्न तर अरु गीतहरु सदाबार हुन्छ्न जस्तो लाग्छ ।

० अब नयाँ आउने कलाकारलाई तपाइको सुझाव ?
गीत संगीतमा लाग्छु र केही गर्छु भन्ने सोच्नु भएको छ भने संगीतको अर्थ बुझेर आउनुस पक्कै सहज हुने छ ।

० जिवन के हो ?
जीवन यात्रा हो । जहाँ कि गन्तव्य को खोजिमा दौडिरहदा भेट हुने अनेकौ कठिनाइ र चुनौतीका चटानहरु फुटाउदा फुटाउदै समाप्त हुन्छ ।

० अन्त्यमा ?
तपाई लगायत तपाईको मिडियालाई मेरा मनको कुरा राख्न दिनु भएकोमा धन्यवाद ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..