नव प्रतिभाले आफ्नो पूर्व विद्यार्थी प्रतिभा पराजुलीलाई कुशल वाचक ‘देवी प्रतिभा’को रुपमा अभिनन्दन – सम्मान गर्ने
नव प्रतिभा वि.सं. २०४९-५० सालबाट ग्रामिण भेग चण्डेनी मण्डनमा संचालित विद्यालय हो । पछि वि.सं. २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर संचालित हुँदै आएको मण्डनदेउपुर भेगको एक ऐतिहासिक र पूरानो विद्यालय हो । अविरल बग्दछ इन्द्रावतीका आदरणीय साहित्यिक व्यक्तित्व स्व. रमेश विकल र उहाँको केहि पारिवारिक व्यक्तित्वहरुले खास गरी बोडगाउँ र आँपचौरका माझी समुदायका बाल बलिकाहरुलाई गाउँमै सर्वसुलभ ढंग...