सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ

सुनकाण्डमा मुछिएपछि फरार भएका ‘भोजे मामा’ पक्राउ
काभ्रेपलान्चोक - ३३ किलो सुनकाण्डमा मुछिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका-८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।  

बैतडीमा फेरि निषेधाज्ञा

बैतडीमा फेरि निषेधाज्ञा
काभ्रेपलान्चोक - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा गत वैशाख...

औद्योगिक ग्राम निर्माण सुरु

औद्योगिक ग्राम निर्माण सुरु
काभ्रेपलान्चोक -  सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्यअनुरूप काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । बागमती प्रदेश सरकारको सहयोगमा साबिक गैरीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर–६)मा करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामका लागि आवश्यक ...

भकुण्डेबाट ‘सडक मानव’को उद्धार

भकुण्डेबाट ‘सडक मानव’को उद्धार
भकुण्डेबेशी (नमोबुद्ध)– नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्धारका लागि पुगेको थियो । हिन्दी भाषामात्रै बोल्ने अन्दाजी ३५ बर्ष उमेरमा ...

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो । दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत ...

नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध

नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध
काभ्रेपलान्चोक - निरन्तरको वर्षाको कारण बुधबार राति भासिएको नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल । उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । तस्वीर : रामहरि न्यौपाने/ रासस

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा
काभ्रेपलान्चोक - निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।   सरकारले यससँगै १७ जिल्लाल...

प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास

प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास
काभ्रेपलान्चोक - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरिकी छिन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने लक्ष्यमा पुग्न लागेको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको...

महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै

महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै
काभ्रेपलान्चोक - काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ । भेरोसेल खोपको पहिलो मात्रा आज उक्त उमेर समूहका नागरिकलाई ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूमा लगाउन लागिएको हो । आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म पहिलो मात्राको खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप लगाउन नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै...