पाँचखालमा एमाले नगर कमिटीको कार्यालय उदघाटन

पाँचखालमा एमाले नगर कमिटीको कार्यालय उदघाटन
काभ्रेपलान्चोक - नेकपा एमाले पाँचखाल नगर कमिटीले आफ्नो कार्यालयको उदघाटन गरेको छ । पाँचखाल नगर कमिटीले समाजकल्याण चोकमा कार्यालय संचालन गरेको हो । आज एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उक्त कार्यालयको उदघाटन गर्नुभएको छ ।  कार्यालय उदघाटन कार्यक्रममा जिल्ला कमिटी उप-सचिब रिता ढकाल, एमाले नेता कञ्चन अधिकारी, नगर कमिटीका अध्यक्ष बिष्णु पौडेल सहित नगर कमिटीका पदाधिकारी, पाँचखाल नगरका एमाले...

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियु काभ्रेको कालो झण्डा

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियु काभ्रेको कालो झण्डा
काभ्रेपलान्चोक - अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । आज मंगलवार सिन्धुपाल्चोक जाने क्रममा काभ्रेको बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।  एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला नेकपा एमालेको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो । 

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै

स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार हुदै
  सरकारले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलले ०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनाएको हो । छलफलमा प्रध...

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस

राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले निकाल्यो बनेपामा मसाल जुलुस
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपा चारदोबाटोमा मसाल जुलुस निकालेको छ । आज बेलुका ७ बजे मसाल जुलुस निकालेको हो । युवा संघ जिल्ला अध्यक्ष सागर रायमाझीको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । देउवाले सरकार बाट राजिनामा दिनु पर्ने, मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने, स्थानीय चुनावको घोषणा गर्नु पर्ने लगायतको नारा लगाइएको थियो ।

काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह

काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह
बनेपा - काभ्रेको डाँडापारी क्षेत्रलाई वागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने पक्कि पुल अलपत्र परेको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ र मकवानपुर जिल्लाको वागमती गाउँपालिका वडा नम्बर ९ सिक्रेदोभानमा निर्माणाधिन बागमती पुल अलपत्र परेको हो । पुल नहुँदा ओहोरदोहोर गर्न नै समस्या भएको स्थानीयले गुनासो गरेपछि वागमती प्रदेश सांसद एवं पुर्वमन्त्री चन्द्र लामाले स्थलगत अनुगमन गर्नुभएको छ । काभ...

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह
काभ्रेपलान्चोक -  धुलिखेल नगरपालिकाको नगर सभाले स्थानिय निर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । नेपालको संविधान अनुसार स्थानीय तहको कार्यकाल पाँच वर्षको हुन्छ भने व्यवस्था अनुसार धुलिखेल नगरपालिका नगर सभाको १० औं अधिवेशनबाट नेपाल सरकारलाई समयमा निर्वाचन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै जनताको सेवा प्रवाह रोकेर जन बिरोधी नहुन सरकारलाई आग्रह गरेको छ । आज धुलिखेल नगर सभाको १० औं अ...

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नार...

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द
काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न र कार्यालयको कर्मचारीमा पनि कोरोना संक्रमण देखिन थाले पछि अतिआवश्यक बाहे अन्य सेवाहरु माघ ४ देखी ७ गते सम्म दिन नसकिने कुरा उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ । साथै भुम्लु गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणको...

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, युवाहरुले हटाए काभ्रे जिल्ला अधिवेशका लागी गरिएको प्रचारप्रसार

नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता, युवाहरुले हटाए काभ्रे जिल्ला अधिवेशका लागी गरिएको प्रचारप्रसार
काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत काभ्रे जिल्लाको बनेपामा भएको अधिवेशनको प्रचारप्रसार सामाग्री फोहोर नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियतामा युवाहरुले मिलेर निकालेर सफाइ गरेका छन् । बनेपाको साँगा देखि बुडोल सम्म राखिएका झण्डा ब्यानरहरु निकालेर बनेपा शहर सफाइ गरेका हुन् ।                                        अधिवेशनको प्रचारसामाग्री झण्डा, फोटो, ब्यानर युवाहरुले आज ...

निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित

निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित
बनेपा- निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित हुनुभएको छ । १४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन हुनुभएको छ । त्यस्तै दिपेन्द्रबहादुर विष्ट, कृष्णसू...