सोनाम ल्होसारको अवसरमा ध्रुव र सरिताका ठेकीको मोही मिठो (भिडियो सहित)
काठमाडौं - अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भएता पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको भनाई छिरिङको छ ।
उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत चालेका छ...