पछिल्लो समयका निकै चर्चित गायक नमराज ढुङ्गानासँग नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

 

 

 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
नयाँ गित संगित सिर्जना र गित रेकर्डिङमा अलि समय दिदै बाँकि समय कलाकारहरुको हक अधिकार र समग्र गित संगित र मौलिक संस्कृतिको संरक्षक, सम्बद्र्घन, प्रबद्र्घन गर्ने उदेश्यले खोलिएको अग्रणी संस्था राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको केन्द्रिय महासचिव पदमा क्रियासिल छु । त्यही संस्थाको आयोजनामा काँठ क्षेत्रका गित संगित र मौलिक संस्कृति संरक्षण निमित्त आगामी माघ महिनाको दोस्रो हाप्तामा हामी राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगिता २०७९ गर्दै छौ । त्यो कार्यक्रमको मुख्य संयोजकको जिम्मेवारी मलाई दिनु भएको छ । त्यही कार्यक्रम भब्य रुपमा सफल बनाउन ब्यस्त छु ।

 

० कस्तो खालको गीतलाई काँठे गीत भनेर चिनिन्छ ?
काठमाण्डौ जिल्ला र आसपासका जिल्लाहरु लाई काँठ भनेर नामाकरण गरेको पाइन्छ । यस क्षेत्रको मौलिक कला संस्कृति र विभिन्न जात जाती, भाषा भाषी, अन्तर्गत मौलिक मात्री भाषा प्रयोग गरेर गाइने परंम्परागत लोकको गित काँठे गित हो । जुन मेलापातमा जाँदा गाइने घाँसे गित, धानरोप्दा असारे गित, तामाङ जातिको मौलिक गित तामाङ्सेलो, खैजेडी भजन, झाक्री, मारुनी, चुड्का, ठट्यौली, ठाडी, धामी, झाँकी, धिमे जस्ता नामले चिर परिचित छन ।

 

जुनगितहरु मध्यको चुड्के ठट्यौली गित हो । हामीहरुले गायको गित जुन गित गाउदा स्वरका नोटहरू एक्कै चोटि तल र माथी जान्छन सुन्दा आनन्द आउँछ तर गाउन अलि अफ्ट्यारो हुन्छ । हाम्रो काँठे गित आधुनिक संगितको नोटेसन संग मेल खान्छ । परम्परागत बोली चालिको हिसाबमा सुनेर कन्ठ भयको संगीत सजिलै टिप्न सक्छन तर अन्य भेगको बोल्ने सैलिको हिसाबले मात्र हाम्रो काठे गित गाउन अलि गाह्रो हुन्छ । तर संगितको दख्खल भएको कलाकारले भने सजिलै गाउन सक्नुहुनेछ ।

 

० काँठे क्षेत्रमा गीत चोरिएको र हुबहु कपि गरि गीत संगीत लाई नकारात्मक रुपमा लिने कलाकार लाई के भन्नु हुन्छ ?
गित संगित काँठ क्षेत्रको मात्रै चोरिएका छैनन सबै क्षेत्रका गित संगित कपि गरेको पाइन्छ तर शब्द र संगीत गर्दा अलि अलि कलर आउनु होकि होकि जस्तो लाग्नु स्वभाबिक कुरा हो । तर हुबहु अर्काको गित चोरी गरेर पुरानो सर्जकको इतिहास मेटेर नयाँ गित भनेर बजार ल्याउनु भनेको फौजदारी कसुर गरे बराबरको कार्य गर्नु हो । नेपालमा यस्ता गतिविधि गर्ने गराउने ब्याक्ती संस्था लाई प्रतिलिपी रजिस्ट्रारको कार्यालय मार्फत धेरैलाई कानुनी कार्बाही भएको छ । कोहि कसैले तपाई लाई सबुत प्रमाण सहित सम्बन्धि कार्यालयमा कानुनी कार्बाहिको लागि निवेदन हाल्यो भने तपाईको गित संगित पनि नष्ट हुन्छ । आफुले गरेको लगानी त डुब्यो राज्यले पीडित लाई क्षती पुर्ती समेत भराउछ । त्यसैले यस्तो कार्य गरेर बदनाम हुनु भन्दा मेहेनत गर्नुहोस आफू नयाँ सिर्जना दिने कोसिस गर्नुहोस नयाँ सिर्जना गर्न सक्नुहुन्न भने आफुभन्दा अग्रज संग सरसल्ला गरेर नयाँ सिर्जना लिएर बजारमा ल्याउनहोस तपाई एक जनाको सानो तिनो गल्तीले समग्र हाम्रो काँठ क्षेत्रको बदनाम नगर्नुहोस हाम्रा अग्रजहरुले सिर्जित गर्नु भएका गित संगितको संरक्षण गर्ने दायित्व तपाईं हामी सबैको हो भन्न चाहन्छु ।

 

० के गीत संगीत चोरेर चोर्न सकिने कुरा हो ?
हो सबैभन्दा सजिलो कपि गर्नु भकेकै चोर्नु बराबर हो । अरु चिज बस्तु चोरी पैठारी गर्न गारो होला तर ब्याक्तिको बौद्धिक सम्पती मध्यको गित संगित चोर्नु भनेकै अर्काको सिर्जना हुबहु कपि गरेर रिरेकर्डिङ गर्नु हो । यो चोरेर चोर्न सजिलै सकिने कुरा हो ।

 

० लाईभ दोहोरी तिर आएको बिकृति लाई किन तपाईंहरुको संस्थाले दिगो निगरानी गर्न सक्दैन ?
संस्थागत रुपमा यस्ता बिकृती बिसंगती रोकथामको लागि विभिन्न कार्यक्रमहरु पनि गरिरहेका छौं । क्षणिक लाभको लागि क्षणिक चर्चाको लागि गायर निर्माण गरि सामाजिक संजालमा अप्लोड गर्ने कम्पनी ब्याक्ती संस्था लाई गित हटाउन लागाएका छौ । कानुनी कार्बाही गरेर दन्ड जरिवाना गराउने हाम्रो अधिकार हुदैन । कलाकारहरु लाई पनि सचेत गरायका छौं । हामीले दिगो निगरानी राख्नु भन्दानी राज्य स्थर बाटै पहल कमी भएर हामिले बर्सौ देखि राज्य संग जोडदार माग गरिराखेका छौ । संगित बिकास बोर्डको गठन हुनसक्यो भने यस्ता बिकृतीको दीर्घकालीन समस्याको समाधान हुन्छ ।

 

० लाखौं लगानी गरेर एल्बम निकालेका लगानी कर्ताले आफ्नो लगानी उठाउने कहाँ बाट ? कुनै बाटो देख्नु भएको छ ?
अहिले गित संगितको लगानी उठाउने माध्यम भनेको युटुब एक हो । अर्को टेलिकम मार्फत सिआर्बिटी पिआरबिटि पनि हो । लागानी कर्ताको लागि उत्पादक समाज बाट संकलित रोयल्टी हो भने गायक गायिकाको हकमा प्रस्तोता समाज बाट संकलित रोयल्टी हो भने शब्द तथा संगितकार सिर्जना गर्ने सर्जकहरुको संगीत रोयल्टी संकलन समाज बाट संकलित रोयल्टी हो । अहिले लाई मेरो जनकारी भएको लागानी उठाँउने ठाउँहरु यत्ती हो ।

 

 

० अहिले आएको बिभिन्न एप्स बिषेश गरि टिक्टकले गीत संगीत लाई कतिको प्रभाव पारेको छ ?
बिकास संग संगै बिकृतिहरु पनि भित्रीनु स्वभाबिक हो । अहिले टिकटकमा राम्रा सृजना भन्दानी उत्तौलो अपाच्य चिज बिज गाली गलोज लाई बडि हेरिएको देखिन्छ तर टिकटकमा गित संगितको बिज्ञापन गर्ने सजिलो माध्यम बनेको मैले महसुस गरेको छु । गित राम्रो बनेको छ एक मिनेटको टिकटकमा सुनेर युटुबमा गयर पुरै गित सुन्ने हेर्नेको संख्या धेरै छ । टिकटक एप्स कस्ता खाले गित संगित लाई दर्सक श्रोताले रुचाउछ्न भनेर मुल्याकन गर्ने माध्यम पनि बनेको छ।

 

० एउटा एल्बमले उच्च मुल्यांकन तथा चर्चा पाउन टिक्टक नै गुहार्नु पर्ने अबस्था आयो के टिक्टक नभए गीत नचल्ने नै हो त ?
समय सापेक्ष विभिन्न माध्यम बाट गित संगितको बिज्ञापन प्रचार प्रसार गरेको हामिलाई अनुभव छ । अडियोको ब्यापार हुने बेलामा गितको बिज्ञापन रेडियो, एफएम, टेलिभिजनमा प्रोमो बाजाइन्थ्यो पत्रपत्रिका कबरको बिज्ञापन छपिन्थ्यो । वभिन्न ठाउँमा पोस्टर पम्प्लेट इस्टिकर टासिन्थ्यो अहिलेको डिजिटल बजारमा भने एफएममा हल्का प्रोमो र सामाजिक सञ्जाल, फेसबुक, फेसबुक पेजमा पनि बिज्ञापन गरेको देखिन्छ तर पछिल्लो समयमा टिकटकमा धेरै कलाकारहरू लागि परेको देखिन्छ यो सबैभन्दा गित संगितको बिज्ञापन गर्न सजिलो एप्स भएर होला । तर कलाकारहरु आफैले भन्दापनी गित मन परेर त्यो गितमा रम्न अनि रमाउन चाहने दर्सक श्रोताले नै गित लाई डाउन्लोड गरेर आफ्नो टिकटक वालमा पोस्ट गरेको पाइन्छ । टिकटक नभएको खण्डमा गितै नचल्ने भन्ने चै हैन विभिन्न बिकल्पहरु छन । टिकटक ब्याण्ड भएका मुलुकहरु पनि त धेरै छन नि ती मुलुकहरुमा पनि त गित संगित त चलेकै छन्न ।

 

० गीत संगीत कस्तो होस जस्तो लाग्छ तपाईं लाई ?
गित संगितले केहि न केही सन्देश दिने खाल्को कुनै न कुनै भेग बर्गको प्रतिनिधित्व गरोस, खहरेको भेल जसरी आएर केही महिना नबित्दै गितको नामो निसाना नभेटिने खालको नहोस मौलिकता झल्काउने खाल्को होस आफू जिबित हुदा त चर्चा परिचर्चा हुन्छ नै गितको तर अफु मरेर गयपनि आफ्नो सिर्जना युगौ युग् बाचि रहने खालको होस जस्तो लाग्छ ।

 

 

० नमराज ढुङ्गाना भनेर चिनिने गीत कुन हो ?
मैले पहिले चोटि गायको गित काठमाण्डौ हंकगबजार एल्बमले मलाई चिनायो जुन गित २०५४ सालमा बजारमा आयको थियो स्व पस्चात पछिल्लो समयको मेरा गित संगित प्राय सबै चर्चामा छन जुन गितहरु एक पछि अर्को गरीे झन बढी जिम्मेवारी बोद गराउदै छन ।

 

० कति पए कलाकारहरु नि १–२ वटा गीतहरू अलि चलेपछि घमण्ड देखाउने प्रवृत्तिको हुन्छ नि ? यो बिषयमा के भन्नुहुन्छ ?
कोहि कोहि तपाईंले भने जस्तै स्वभावका हुन्छ्न तर कस्तो संस्कार बाट यो क्षेत्रमा आय भन्ने कुरा महत्त्वपूर्ण कुरा हो कोहि कोहि हचुवाको भरमा यो क्षेत्रमा आउनुहुन्छ । लहै लहैमा एक दुई वटा गित चल्छन तेत्तिकैमा हराउछनु हुन्छ सानै देखि दुःख गरेर सिकेर मेहनत गरेर यहि क्षेत्र बाट भबिष्य निर्माण गर्छु यसैलाई नै मेरो पेसा बनाएर बाच्छु भन्ने कलाकारले कहिल्यै घमण्ड देखाउनु हुदैन । समय यति बलवान छ कि पालो धैर्य गर्ने र निरन्तर संघर्ष गर्ने को एक न एक दिन अबस्य आउछ सधैं भरी आफू मात्र चर्चामा हुन्छु मेरो मात्र गित चलीरहन्छ भन्ने हैन आज मेरो गित चल्यो भने भोलि अर्काको पनि गित चल्न सक्छ। घमण्ड देखाउनु भनेको उ आफैं लाई घाटा हो । अरुलाई हैन ।

 

० काँठे लोक दोहोरी महोत्सवले सबै कलाकार समेट्न सकेन किन ?
हामिले काँठ क्षेत्रको कलाकारहरु सबैलाई समेट्ने कोसिस गरेका हौं । हामिले निमन्त्रणा दिदा दिदै जानकारी हुदाहुदै पनि आफ्नो कार्य ब्यस्तताले कोहि कोहिले समय दिन सक्नु भएन त्यो उहाँ हरुको कुरा हो । हामिले बिगतको कार्यक्रममा को को ले सहभागिता जनाउनु भयो को आउनु भ्याउनु भएको छैन त्यसको रेकर्ड हामी संग छ छुट्नु भएको साथीहरू लाई अगामी दिनमा हुने कार्यक्रममा सहभागी गराएर जाने छौ ।

 

० अहिले धेरै जसो हुने भनेको म्युजिक अवार्ड यसमा कलाकारले सृजनाले भन्दा पैसा दिए अवार्ड पाइन्छ भन्ने गरेका छन् यसमा तपाईं धारणा के छ ?
अहिलेको अवार्डको कुनै लेखा जोखा केही छैन जस्ले जसरी गरेपनी भएको छ तर सबै नराम्रो छन अवार्डका कार्यक्रम भन्दिन कुनै कुनै बिसौ बर्ष देखि निस्वार्थ गर्दै आएका अवार्डहरु पनि छन पैसा खर्च गरेर लिएको अवार्ड र गित संगित चलेर दर्सक श्रोताले मन पराएर दर्सक श्रोता भोट बाट प्राप्त अवार्ड भन्ने कुरा अवार्ड प्राप्त गर्ने कलाकार र सो कलाकारहरुका गितको चर्चा परिचर्चा तुलना गर्दा सबै छर्लङ्ग हुन्छ । अवार्ड लिनु र नलिनु एकै हो । यो अवार्डको कार्यक्रमहरुको बारेमा धेरै कुराहरु आइरहेका छ्न । हामिहरु नेपाली गित संगित संग सम्बन्धित संघ, संस्था र जिम्मेवार ब्याक्ती सबैको कानमा तपाईंको प्रस्न पुगेको छ । हामी चाडैं आबस्यक मापदण्ड तय गरेर संस्थागत रुपमा कार्वान्यनमा लैजान्छौ ।

 

० तपाईं आबद्ध संस्थाले गीत संगीत लाई पुर्याएको योगदान के के छ ?
मौलिक गित संगीत संरक्षण सम्बद्र्घन, प्रबद्र्घन गर्ने उदेश्यले विभिन्न जिल्ला प्रदेश केन्द्रमा प्रतियोगिताहरु गरिराखेका छौ । समसामयिक बिषयमा कलाकारहरुलाई जागरुप बनाइ जिम्मेवार कलाकार बनाउन अन्तर्किया गोष्ठी गरेका छौ राम्रो प्रस्तुति ल्याउने कलाकारहरु लाई हौसला स्वरूप सम्मान गरेका छौ । बिकृती ल्याउने गित संगित लाई बहिस्कार गरेका छौ । कलाकार लाई सचेत गराएका छौँ रोयल्टी संग सम्बन्धित संस्था संग रोयल्टी संकलनको बिषय र पारदर्सि बितरणको लागि उचित सरसल्लाह दि राखेका छौं ।

 

० अन्तिममा संञ्चारकर्मी र आफ्नो दर्सकलाई के भन्न चाहनुहुन्छ ?
सर्ब प्रथम त मलाई सम्झेर मायाँ गरेर यहाँ सम्म आएर मेरो कुराहरु सुनिदिनु भयो मलाई तपाईंको लोक प्रिय् पत्रिकामा स्थान दिनु भयकोमा तपाईं लगायत तपाईंको पत्रीका परिवार प्रती आभारी छु। मेरा गित संगित लाई तपाईं दर्सक श्रोताले पछिल्लो समयमा अत्याधिक मन पराइदिनु भएको छ । आगामी दिनमा पनि यसैगरी माया गरिदिनु होला राम्रो लाई राम्रो भनेर सपोर्ट गरिदिनु होला कहि कतै म चुके भने सहि सल्लाह सुझाब दिएर सहि मार्गमा हिड्न सिकाउनु होला । नेपाली मौलिक गित संगीत लाई मायाँ गरिदिनु होला यत्ती भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..