नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम जेठ २३ गते बनेपामा, जिल्ला परिषदको तयारीमा एमाले काभ्रे
बनेपा–नेकपा एमाले काभ्रेले यही जेठ २७ गते जिल्ला परिषद गर्ने भएको छ । २०७८ पुसमा भएको जिल्ला अधिवेशनपछि पहिलोपटक एमालेले जिल्ला परिषद आयोजना गरेको हो ।
जिल्ला सदरमुकाम धुलिखेलमा हुने परिषदको तयारी तीब्ररुपमा अघि बढेको एमाले काभ्रेका सचिव राजन भुर्तेलले जानकारी दिए । उनका अनुसार परिषदमा जिल्ला अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरु परिषद सदस्यको रुपमा सहभागी हुनेछन् । एमाले काभ्रेका जिल्ला अधिवेशनमा...