३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी यही मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल सागाँ
काभ्रेपलान्चोक - ३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी यही मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल सागाँ, काभ्रेमा सुरु हुँदैछ। प्रतियोगितामा १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित नेपाल पुलिसकै अन्य स्कुलहरु (सामाखुसी, धरान, दाङ र चितवन) सहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहनेछ। लिग कम नकआउट आधारमा सञ्चालन हुने...