चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने
चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे ।
नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । साे प्रतियोगिताबारे जानकारी दिन आया...