रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी

रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी
  काठमाडौँ,५ वैशाख । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरी आज नेपालभर रामनवमी पर्व मनाइएको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दि...

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ । "अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ, " अध्यक्ष देउजाले भने । अहिले जिल्लाका ...

विद्यार्थीलाई होटल सम्बन्धि नि:शुल्क तालिम

विद्यार्थीलाई होटल सम्बन्धि नि:शुल्क तालिम
विद्यार्थीको हकहितका लागि अनेरास्ववियुले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ ।अनेरास्ववियु काभ्रेले सुपरनोभा तालिम केन्द्रसँगको सहकार्यमा विद्यार्थीहरुका लागि १० दिने नि:शुल्क तालिम गर्न लागेको हो । वेटर, वारिष्टा लगायत होटल व्यवस्थापनसम्वन्धी तालिम आगामी वैशाख १० गतेदेखि सुपरनोभा तालिम केन्द्रमा सञ्चालन हुने अनेरास्ववियु काभ्रेका अध्...

भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य एवम् समाजसेवी कुलध्वज तामाङले गरे आर्थिक सहयोग

भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य एवम् समाजसेवी कुलध्वज तामाङले गरे आर्थिक सहयोग
  काभ्रेपलान्चोक - नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य एवम् समाजसेवी कुलध्वज तामाङले आर्थिक सहयोग गरेका छन् । नेपाल तरुण दलको गत चैत १६ र १७ गते काठमार्डौमा बसेको वैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो । आर्थिक सहयोग संकलन गर्ने क्रममा केन्द्रीय सदस्य कुलध्वज तामाङले २ लाख रुपैंया अध्यक्ष विद्वान गुरूङलाई प्रदान गरेका छन् । केन्द्रीय सदस्य ता...

युवा संघ नेपाल भुम्लु पालिकाको दोश्रो अधिबेशन, अध्यक्षमा श्रेष्ठ

युवा संघ नेपाल भुम्लु पालिकाको दोश्रो अधिबेशन, अध्यक्षमा श्रेष्ठ
काभ्रेपलान्चोक - न्यायप्रेमी युवा संघमा सामाजिक परिवर्तन युवाको काँँधमा भन्ने मुल नाराको साथमा राष्ट्रिय युवा संघ नेपाल भुम्लु गाउँपालिका कमिटीको दोश्रो अधिबेशन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल भुम्लु पालिका कमिटीको अध्यक्ष बिशाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ नेपाल "भुम्लु गाउँपालिका कमिटी"को दोस्रो अधिवेशन बाट अध्यक्षमा एक बहा...

ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु दीक्षित

ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु दीक्षित
बनेपा, काभ्रे जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु एक भव्य समारोहका बिच स्मार्ट प्यालेस बनेपामा दीक्षित भएका छन् । कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, अभिभ...

बनेपा तीन काशीभञ्ज्याङ्मामा हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरियो

बनेपा तीन काशीभञ्ज्याङ्मामा हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरियो
  बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरेको हो ।अधिकांसले यसबारे बनेपा नगरपालिकाल वडा नं. ३ गायत सरोक...

नाईटिङ्गेल स्कुलको ९ औं दिक्षान्त तथा एसईई विदाई कार्यक्रम सम्पन्न

नाईटिङ्गेल स्कुलको ९ औं दिक्षान्त तथा एसईई विदाई कार्यक्रम सम्पन्न
काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्वर-१० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको एसकेजीका विद्यार्थीहरुको दिक्षान्त गरिएको छ । विद्यालयको ९ औ दिक्षान्त समारोहको अवसर पारी एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा शिक्षाविद् मोहन दुवालको प्रमुख आतिथ्यता...

प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न

प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नवनियुक्त भुम्लु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्दशन भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । सुर्दशन भट्टराई आज भन्दा करिब ७ बर्ष अगाडि भुम्लु गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखकाे रूपमा नियृक्ति हुने भएको थियो । त्यसपछि उहाँ याेजना तथा प्रशासन प्रमुख हुँदै फाल्गुन २४ गते संघिय मामिला मन्त्रालयबाट प्रमुख प्रशासकीय प्रमुखकाे जिम्मेवारी पाउनुभएको थियो ...

धुलिखेलको हस्पिटल चोकमा हाइ मास्ट लाइट

धुलिखेलको हस्पिटल चोकमा हाइ मास्ट लाइट
जिल्लाको धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) हाइ माष्ट लाइट राखिने भएको छ । लाइट राखेपछी हास्पिटल जाने आउने उक्त स्थानमा रातमा पनि उज्यालो हुने भएको छ भने राजमार्गमा हुने दुर्घटना न्यूनिकरण र अपाराधिक घटना नियन्त्रणको लागि पनि उपयोगी हुने स्थानीयको विश्वास छ । माष्ट लाइटमा ८ वटा बत्ती हुनेछ । शुक्रबार पूर्व मन्त्री तीर्थ लामाले लाइट राख्ने स्थानको शिलान्यास गरेका हुन् । कार...